धर्मोदय सभाद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

‘बुद्धमूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्ने छौं’ : गृहमन्त्री थापा


न्युजअफ नेपाल , काठमाडौं । तिलोत्तमा नगरपालिकाको ६ लेन सडक खण्डमा राखिएको बुद्ध मूर्ति तोडफोड गरिएको विषयमा धर्मोदय सभाले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ध्यानाकर्षण गराएको छ ।

सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यको नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापा समक्ष ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष बज्रचार्यले बुद्धमूर्ति तोडफोड भएको घटनाको अविलम्ब छानबीन गरी दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गर्नुभयो । सो अवसरमा सभाका महासचिव सागरमान बज्राचार्यले घटनाको विस्तृत जानकारी गराउनुभयो ।

सो अवसरमा गृहमन्त्री थापाले घटना प्रति दुःख प्रकट गर्दै दोषी छिटो पत्ता लगाई कार्यवाही गर्ने बताउनुभयो ।

६ लेन सडकलाई आकर्षक बनाउन र पर्यटकहरूलाई बुद्धभूमिमा आएको अनुभूर्ति गराउने उद्देश्यले नगरपालिकाले योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो ।