पूर्वउपसचिवको छोरीमाथि मध्यरातमा गोली प्रहार


काठमाडौं । राजधानिको कलंकीमा गएराति एक युवतिमाथि गोली प्रहार भएको छ । कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा मध्यराति गोली प्रहार भएको हो ।

अज्ञात व्यक्तिद्वारा पूर्वउपसचिव शर्माका १९ वर्षीया छोरी बसेको कोठामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । कोठाबाट एयरगनको जस्तो देखिने एक राउण्ड सानो गोली बरामद भएको र कुनै प्रकारको मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।

पूर्वउपसचिव शर्माको छोरीमाथि नै लक्षित गरेर गोली चलाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।