मिलको पट्टामा परी १ महिलाको मृत्यु


सरिता चलाउने, सल्यान । सल्यानमा धान कुट्ने मिलको पट्टामा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाटगाउ निवासी अन्दाजी ५५ वर्षिय पिवली माझिको मगंबार बिहान ७ बजेतिर विद्युतीय धानकुट्ने मिलको पट्टामा परेर मृत्यु भएको हो ।

घरदेखि ५० मिटर तल बारीमा आफैले संचालन गरेको मिलमा अरुले छोडेको सामान पिस्न विहानै मिलमा जाँदा पट्टामा कपडा लट्पटीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारका इन्चार्ज सुशील रावलले जानकारी दिनुभएको छ ।

घरमा कोही नभएको बेला उनि मिलमा एक्लै गएका कारण करिब आधा घण्टासम्म शरिर क्षेदविक्षद् हुनेगरी मिलको पट्टाले उनलाई घुमाइरहेको इन्चार्ज रावलले बताउनु भयो ।

अहिले प्रहरी पुगेको र जिल्लाबाट इनिस्पेक्टर सहितको टोली घटनास्थलमा जादै गरेकोले त्यसपछि शवको मुचुल्का उठाउने उहाँले बताउनु भयो ।