कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट ?


न्युज अफ नेपाल, काठमाडौ‌ंँ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परीक्षाको नतिजा साेमबार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।

३.६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३.२१ देखि ३.६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ५६ हजार पाँच सय ३ विधार्थीले २.४१ देखि २.८० सम्म जीपीए ल्याएका छन् भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ।

१.६१ देखि २.०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १.२१ देखि १.१६ जिपीएसम्म ल्याएका छन् । ०.८१ देखि १.२० ल्याउने विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन् । नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमकाे वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट हेर्न सकिन्छ ।