तीन उच्च अदालतका मुख्य न्यायाधीशको सरुवा


काठमाडौं ।
तीन उच्च अदालतका मुख्य न्यायाधीशहरुको सरुवा भएको छ । न्याय परिषदले तुलसीपुर, पाटन र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

परिषदले आइतबार सार्वजनिक गरेको निर्णय अनुसार उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालत सरुवा गरेको छ ।

पाटनका मुख्य न्यायाधीश कुमार चुडाललाई सुर्खेत पु¥याईएको छ । त्यस्तै सुर्खेतका मुख्य न्यायाधीश रमेश पोख्रेललाई तुलसीपुर सुरुवा गर्ने निर्णय गरेको छ ।