ग्लोबल टी-२० मा सन्दीप र सोमपालको टिम भिड्दै


काठमाडौँ । ग्लोबल टी २० मा नेपालका सन्दीप लामिछानेको टोरन्टो नेसनल्स र सोमपाल कामीको विन्निपेग हक्स बिच आज प्रतिष्पर्धा हुन लागेको छ ।

टी २० विश्वकपको एसियाली छनोटका लागि सिंगापुरमा रहेका दुबै जना क्यानडा प्रस्थान गरिसकेका पराजीत भएपछि नेपाली त्रिकेट टोली भने आज स्वदेश फर्किएको छ ।

सन्दीपलाई ६० हजार डलरमा टोरन्टोले अनुबन्ध गरेको हो भने सोमपाललाई  विन्निपेगले ३ हजार डलरमा अनुबन्ध गरेको छ।