नेकपा सचिवालय बैठक शुरू


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा पार्टीका विभिन्न विभागहरूको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।

नेकपाका कुल ३३ विभागमध्ये १८ वटा पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछिको रस्साकस्सी दुई अध्यक्षहरूको तहमै पुगेको छ।

नेताहरूको पूर्वसहमति अनुसार पूर्वएमालेको भागमा अर्थ तथा योजना, उद्योग तथा वाणिज्य, न्याय कानुन तथा मानवअधिकार, पर्यटन प्रर्वद्धन तथा नागरिक उडड्ययन, प्रादेशिक मामिला, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग परेको छ।