चिरपट प्रहार गरी छोराले गरे आफ्नै बुबाको हत्या


कैलाली । कैलालीमा छोराले आफ्नै बुबालाई चिरपटले हानेर हत्या गरेका छन् । गोदावरी नगरपालिका ५ बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले घरायसी विवादका क्रममा चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।