मन्त्री अर्याललाई नालायक मन्त्री राजीनामा दे भन्दै कालो झण्डा देखाईयो


साँखु ।
भूमिसुधार मन्त्रि पद्मा अर्याललाई केही युवाहरुले कालो झण्डा देखाएका छन् । युवाहरुको समूहले मन्त्री अर्याललाई साँखुको अफ काठमाडौँको कार्यालय नजिकै कालो झण्डा देखाएका हो ।

मन्धी अर्याल साँखुको मालपोत कार्यालय सुविधायुक्त मालपोत कार्यालय घोषणा कार्यक्रममा सहभागी हुन जानुभएको थियो । सोहि क्रममा उहाँलाई कालो झण्डा देखाईएको हो ।

कालो झण्डा देखाउने संकेत पाउनासाथ प्रशासनले सुरक्षामा कडाई गरेको थियो । मालपोत कार्यालयको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासी पछि मात्रै कार्यक्रमस्थलमा प्रवेश गर्न दिएको थियो ।

मालपोत कार्यालयको शुभारम्भ कार्यक्रम सकिएपछि नापी कार्यालय साँखुमा निरिक्षणको लागि मन्त्रि अर्याल पुग्नुभएको हो । त्यसपछि फर्किने क्रममा प्रदर्शनकारीले मन्त्रि अर्याललाई कालो झण्डा देखाउँदै नालायक मन्त्रि राजीनामा दे भन्दै नारा लगाएका थिए । यस्तो अभद्र नारा शुरु लगत्तै सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटेका थिए ।