बिना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक


काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन अन्तिममा बस्ने गरी स्थगित भएको छ । आइतबारको बैठकमा पनि कुनै सहमति हुने नसकेपछि साउन २८ गते पन बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपामा पछिल्लो समय स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्ने विवाद चुलिँदै गएको छ । इश्वर पोखरेल र नारायणकाजीले आआफ्नो दाबी नछोडेपछि विभागको नेतृत्व छान्न सकस परेको हो । पछिल्लो समय नेता घनश्याम भुसालले पनि नेतृत्व दाबी गदै आएका छन्।