चेक बाउन्स गरी फरार रहेका चेम्जोङ पक्राउ


काठमाडौँ । चेक बाउन्सको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक यासोक गाविस ८ घर भई भक्तपुर बालकोट बस्ने पृथ्वी राज चेमजोङ्ग रहेका छन् ।

करिब ११ लाख रुपैयाँको चेक बाउन्स ठगीमा उनी पक्राउ परेका छन् । उनीविरुद्ध गत वर्ष पुस ९ गते पाटन उच्च अदालतले १५ दिन कैद र १० लाख ९४ हजार पाँच सय रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

आर्थिक व्यवहार मिलाउने भन्दै मन्जु श्रेष्ठसँग १० लाख ९४ हजार पाँच सय रुपैयाँ ऋण सापटी लिएका थिए । रकम भुक्तान गर्ने क्रममा उनले रकम नभएको प्रभु बैंक लिमिटेडको खाताको दुईवटा चेक मिति २०७० असार १४ मा जाहेरवालाको नाममा जारी गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।

पक्राउ परेका चेम्जोङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।