मलाई हिरो बनाउन हेग लैजान्छन् जस्तो लाग्दैन : प्रचण्ड

282
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेग लगे आफू झनै ठूलो हिरो हुने बताएका छन्।

सोमबार खुमलटारमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य रमण घिमिरेलाई पार्टी प्रवेश गराउँदै गर्दा दाहालले हेगले आफूलाई हिरो बनाउने बताएका हुन् ।

उनले भने, “मलाई हेग लगेर पनि केही फरक पर्दैन । हेग लगे भने विश्वकै हिरो भएर निक्लन्छु । संसारले एकैपटक चिन्छन् । संसारका जनताले एकैपटक यो त न्यायका पक्षमा, शान्तिका पक्षमा रहेछ भनेर थाहा पाउँछन् । यो त मेरो लागि गर्वको कुरा हो ।”

विप्लवले लिएको लाईनबाट परिवर्तन सम्भव नभएको भन्दै ढिलोछिटो विप्लव समूह पनि आफूसँगै आउनुपर्ने दाहालले बताए । शान्ति प्रक्रिया, गणतन्त्र, समावेशिता मन नपरेको र व्यवस्था नै उल्टाउन पाइने आश राखेका व्यक्ति यस लागी परेको उनल बताए । उनले भने, “ यिनीहरुले मलाई हिरो बनाउन हेग लैजान्छन् जस्तो लाग्दैन ।”