संसद् बैठक स्थगित


काठमाडौँ । संसद बैठक साउन १५ गतेसम्मलाई स्थगित भएको छ । बैठक सुरुभएसँगै कांग्रेस र राजपाका संसदहरुले नाराबाजी गरेका थिए ।

४० मिनेटभन्दा बढी नाराबाजी चलेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका हुन् । सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि नाराबाजी जारी गरेका कारण बैठक स्थगन भएको हो ।