संसद बैठकमा काँग्रेस र राजपाको नाराबाजी


काठमाडौँ । संसद बैठक शुरु भए लगत्तै काँग्रेस र राजपा पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । मानव अधिकारको हनन गर्न बन्द गर, सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, जस्ता नाराका साथ सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन र संसद सुचारु गर्न सभामुख कृष्णबहादुर महराले अनुरोध गरेका थिए ।