बस र टेम्पो ठोक्किँदा चारको मृत्यु, चालक फरार


जनकपुर । धनुषाको क्षिरेश्वरमा गाडी र टेम्पु एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । ना१ज ७०२२ नम्बरको गाडी र ज१ह ४८९६ नम्बरको टेम्पु एक आपसमा ठोक्किको हो ।

दुर्घटनामा टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह, क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेव साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादव र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका गाडीका चालकको भने खाजी भइरहेको प्रहरीले जनाएको छ ।