अमेरिकामा बन्दुकधारीद्वारा अन्धाधुन्द गोली प्रहार, तीनको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गार्लिक फुड फेस्टिबलमा आइतबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको स्रोतले जनाएको छ ।

गोली चलेपछि प्रहरीले जवाफी कारवाही गर्दा ती बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको छ । सो घटनामा अर्का एक व्यक्ति पनि संलग्न भएको आशंका गरिएको छ ।