राप्रपा महाधिवेशन जेठमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन निर्माण बर्ष २०७६ को कार्ययोजना पारित गरेको छ । यो वर्षलाई संगठन निर्माण वर्षको रुपमा अघि बढाएको राप्रपाले आउदो मंसिर देखि गाउ“ फर्क अभियान संचालन गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रिय कार्यसम्पाद समितिको बैठकले गाँउफर्क अभियानमा पार्टी र संयोजित संगठनका केन्द्रीय एवं प्रदेश sकार्यसमितिका सदस्यहरुले कम्तिमा ३ हप्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य रुपले रहेर संगठन निर्माण र जनसम्पर्कको कार्यमा बिताउनु पर्नेछ ।

राप्रपा कार्यसम्पादन समिति बैठकले यही श्रावण २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र भाद्र महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । २०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको राप्रपाले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गरिने जनाएको छ ।

सोमबारको बैठकले २०७७ आश्विन महिनाभित्र सम्पूर्ण गाउपालिका र नगरपालिकाहरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । २०७७ बैशाख भित्र भातृ संगठनहरुको अधिबेशन सम्पन्न गर्ने भन्दै बैठकले सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा संचालन गरिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले बताउनु भएको छ ।

बैठकले चतराधाम–त्रिवेणी हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प यात्रा आगामी आउदो मंसिरको अन्तिम हप्तामा प्रारम्भ गरिनेछ र बा“की जिल्लाहरुमा भाद्र महिनाबाट स्वाभिमान यात्रा प्रारम्भ गरिने निर्णय गरेको भन्द्र प्रवक्ता पठकले समान विचारधारा भएका दलहरु वीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई राप्रपा स्वागत गरेको पनि बताउनु भएको छ । बैठकको निर्णय बारे जानकारी दिदै उहाले भन्नुभयो– देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई यो बैठक आब्हान गर्दछ ।

पार्टीले सरकार समक्ष बुझाएको २२ बु“दे मागहरु पुरा गराउने सम्बन्धमा सरकारस“ग यथासंभव चा“डो दोस्रो चरणको वार्ता गर्ने निर्णय गरेको राप्रपाले आफ्ना मागहरु बारे सरकारले सकारात्मक सम्बोधन नगरेमा निकट भविष्यमा नै दोस्रो चरणको जनसंघर्ष गर्ने गरि अहिले देखि तयारी आरम्भ गरिने जनाएको छ ।