अष्ट्रेलिया कार दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु, ३ घाइते


काठमाडौँ । आइतबार अष्ट्रेलियाको कुमामा भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य तीन जना भने घाईते भएका छन् ।

मृत्यु हुनेमा स्याङजाको वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको रहेका छन् । तिब्र गतीमा गुडिरहेको कार अगाडि कँगारु आउँदा दुर्घटना भएको नेपाली दूतावासले जनाएको छ ।

घाइते भएका अन्यलाई उपचारका लागि कुमा अस्पतालमा लगिएको छ । दुर्घटनामा परेका विद्यार्थीहरु सिड्नीमा अध्ययनरत छन् ।

कार दुर्घटनामा परेका उनिहरुको उमेर १९ देखि २२ को हारहारीमा रहेको छ ।