नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै


काठमाडौं । आइतबार भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटमा पुग्न असफल भएपछि नेपाली क्रिकेट टोली स्वदेश फर्कन लागेको हो । स्रोतका अनुसार टोली सोमबार राती साढे १० बजे काठमाडौं आइपुग्ने छ ।

यस्तै क्रिकेट टोलीका सदस्य सोमपाल कामी र सन्दीप लामिछाने भने ग्लोबल टि–ट्वान्टीका लागि क्यानडा प्रस्थान गरेका छन् ।छनोटको पहिलो खेलमा नेपालले कतारसँग हार व्यहोरेको थियो भने दोस्रोमा मलेशिया र तेस्रोमा कुवेतसँग जितेको थियो ।