रसुवामा सुनसहित १ पक्राउ


सरस्वति न्यौपाने ।  गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा प्रहरीले चेक जाँच गर्दा सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक इश्वरी प्रसाद भण्डारीका अनुसार टिमुरेबाट स्याफ्रु तर्फ जादै गरेको अवस्थामा शंका लागी कालिका दुई बस्ने नेमा कर्मा लोप्चन को शरीरमा खान तलासी गर्दा १०२/४९ ग्राम बराबरको सुनको वेरुवा औठी ३ थान बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार गत शनिवार टिमुरे बाट स्याफ्रु तर्फ जादै गर्दा शंका लागी खान तलासी क्रममा उनलाई पक्राउ गरी आवश्यक कारवाही को लागी उक्त सुन सहित उनलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको बताए ।