कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरिने 


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।

नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको र बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने बोर्डको भनाइ छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

यसपटक सबै संकायका परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी रहेको छ । यस वर्ष चार लाखभन्दा धेरै विद्यार्थीले १२ को परीक्षा दिएका छन् ।