एक लाख ३० हजार घुससहित चार जना रंगेहात पक्राउ


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ३० हजार घुससहित चार जनालाई पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई सेवाग्राहीसंग घु लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
उनीहरुले कार्यालयबाट संचालित विभिन्न कार्यक्रम वापतको पेशकी फछर्यौट गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।