दुई अटोरिक्सा ठोक्किए, तीनको मृत्यु


न्युज अफ नेपाल, धनुषा ।
धनुषामा दुई अटोरिक्सा एक आफसमा ठोक्ँिदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ मा विंगरमा दुई अटोरिक्सा ठोक्किएका हुन् ।

दुर्घटनामा सिरहा घर भई हाल महेन्द्रनगरको स्वाईन कारखानामा कार्यरत रहेकी ४० वर्षीय रेखा यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य क्षिरेश्वर नगरपालिका वडा नं. ३ का ७२ वर्षीय रामदेव साह र क्षिरेश्वर नगरपालिका वडा नं. ४ कुमरौल घर भएका २३ वर्षीय रोशन साह तेलीको उपचारको क्रममा मृत्यु भएको हो ।

जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको ना १ ज ७०२२ नम्बरको विंगरले विपरीत दिशाबाट आउँदै गरेको ज १ ह ४८९६ नम्बरको अटोरिक्सासंग ठोक्एिको थियो ।