१३ वर्षीय बालक मृत फेला


चितवन । माडी नगरपालिका ५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस