विपद् व्यवस्थापनका लागि अधिक ज्ञान तथा कला कौशलको आवश्यकताः महानिरीक्षक खनाल


काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु संग उच्चस्तरको समन्वय गर्दै उत्कृष्ट कार्यसम्पादनको लागि कृयाशिल रहेको बताउनुभएको छ । खनालले आइतवार सशस्त्र प्रहरीका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको सि.सं. ३२ विपद् व्यवस्थापन तालिम उद्घाटन गर्नुहुँदै यसो बताउनुभएको हो ।

कार्यक्रममा विपद् व्यवस्थापनको क्षेत्रमा पेशागत दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट योगदान पुु¥याएको सो शिक्षालयबाट उत्पादित दक्ष सशस्त्र प्रहरी कर्मचारीहरुले देशका विभिन्न स्थानमा भएका विपद्का घटनाहरुमा खोज तथा उद्वार कार्यमा निर्वाह गरेको अग्रणी भूमीका प्रसंसनीय रहेको कुरा महानिरीक्षक खनालले उल्लेख गर्नुभयो । उहाँले विगतको भूकम्पबाट भएको क्षती तथा उद्वार कार्यमा सशस्त्र प्रहरी कर्मचारीको सकृयता स्मरण गर्दै विपद् व्यवस्थापन तालीम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको सशस्त्र प्रहरीले विपद्का बेला पु¥याएको योगदानले पीडित नागरीकको जीवनरक्षामा योगदान पुग्नुका साथै जनताको मन जित्न सफल भएको बताउनुभयो ।

कहि कतै विपद् प्रकोप भएका सहयोगको लागि सशस्त्र प्रहरीलाई सम्झने विश्वासको वातावरण बनाउन संगठनका उद्वारकर्मीहरु सफल रहेको चर्चा गर्दै खनालले भन्नुभयो –‘यो संगठनको ठूलो उपलब्धी हो ।’

विपद् व्यवस्थापनका लागि अधिक ज्ञान तथा कला कौशलको आवश्यकता पर्ने बताउनुहुँदै उहाँले उद्वार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त तथा कठिन कार्य भएकोले उद्वारकर्तामा उच्चस्तरको शारिरीक तथा मानसिक दक्षता अपरिहार्य हुने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन यस्ता तालिम फलदायि रहने बताउनुुहुँदै प्रशिक्षार्थीहरुले तालिमको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयास गर्दै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने बताउनुभयो ।

उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले तालिम सम्बन्धि योजना प्रस्तुत गर्दै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई विपद् व्यवस्थापनका विविध पक्षहरुमा उच्चस्तरको प्रशिक्षण दिईने बताउनुभयो । उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना तथा सशस्त्र प्रहरी निरीक्षक १८ जना गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।