करेन्ट लागेर महिलाको मृत्यु


बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको दुधौलीमा आईतवार दिउसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर सिन्धुलीको दुधौली नगरपालिका – ८ का भोज बहादुर खड्काकी ३० बर्षिया श्रीमती मेनुका खड्काको मृत्यु भएको हो ।

आफ्नै घरको छानोमा नाङलोमा सुकाएर राखेको दाल उठाउन जाने क्रममा अचानक जस्तामा करेन्ट सर्ट भई करेन्ट लागि घाईते भएकी मेनुकालाई उपचारका लागी स्थानिय पोलिकिल्निक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले बताए ।