चोरी भएका मोटरसाईकलसहित ७ पक्राउ


यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्लाका विभिन्न स्थानबाट मोटरसाकिल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार१६ गते सिद्धार्थ नगरपालिका ५ नापी कार्यालयबाट लु.१९.प. ८१७० नंबरको होण्डा साईन मोटरसाईकल चोरी भए पछि जिल्ला प्रहरी कार्यालयम दिईएको निबेदनका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

उक्त मोटरसाईकल चोरी गर्नेे. रुपन्देही जिल्ला.साँस्कृतिक नगरपालिका ११ बस्ने अब्दुलहमिद मुसलमान र शुद्धोदनगापा. ६ बस्ने कालु मल्लाहलाई प्रहरीले पक्राउ गरी उनिहरुको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ गरिएकामा जिल्ला रुपन्देही कंचनगा.पा. ५ बस्ने गगन गुरुङ ,बर्ष ३३ को सम्मर बहादुर थापा,बर्ष ३० को मानबहादुर भण्डारी, सोहीगापा ४ बस्ने बर्ष ३५ को ओम प्रकाश रौतार र जिल्ला कपिलबस्तु बाणगंगा न.पा. १० बस्ने बर्ष ३३ को दिपक चौधरी रहेका छन ।

प्रहरीले चोरी गर्ने र विक्रीगर्ने काममा संग्लन सहितलु१५प २१७१ को होण्डा साईन,लु१९प ८१७० को होण्डा साईन,लु२१प ६४३४ सुपर स्पलेण्डर,लु३५प २१५५ सुपर स्पलेण्डर , लु२२प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ स्पलेण्डर मोटरसाईकिल पनि बरामद गरेको प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो ।

निजहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । बरामद मोटरसाईकल सहित पक्राउ परेकालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।