मुख्य न्यायधिवक्तामा बरिष्ठ अधिवक्ता ओम थपलिया नियुक्त

प्रदेश ३ मा मुख्य न्यायधिवक्ता नियुक्ति 


सानुराजा पुरी, हेटौडा । काननु विषयमा एल.एल.एम.राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका बरिष्ठ अधिबक्ता ओम थपलियालाई सविधानको धारा १६० बमोजिम प्रदेश ३ को मुख्य न्यायधिवक्तामा नियुक्त गरिएकोछ ।

नेपालको संविधानको धारा १६० (१) बमोजिम मुख्यमन्त्रीको सिफारीसमा प्रदेश प्रमुखले नियुक्ति गर्नु भई आजउच्च अदालत पाटनका मुख्यन्यायधिस माननीय कुमार चुडाल ले वरिष्ठ अधिवक्ता थपलियालाई एक समारोहका बीच प्रदेश प्रमुख माननीय अनुराधा कोइराला, मुख्यमन्त्री माननीय डोरमणि पौडेल, प्रदेशसभाको सभामुखप्रदेशका माननीय सदस्यहरु, प्रदेश सरकार उच्चपदस्थ कर्मचारीहरु प्रदेश नं ३का कार्यालय प्रमुखहरुको उपस्थितिमा प्रदेश राजधानी हेटौडामा पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो ।

विगत तीन दशक देखि कानुनी पेशामा निरन्तर लाग्नु भएका थपलियाको जन्म नुवाकोट जिल्लाको साविक मदनपुर गा.वि.स.मा भएको थियो । अध्ययनको क्रममा लामो समय चितवनमा विताउनुभएका थपलिया विगत चार दशक देखि काठमाडौलाई कर्मथलो बनाउदै आउनु भएकोछ ।

सविधानको धारा १६० मा व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहाकार हुनेछ र संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु पर्नेछ । प्रदेश सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा मुख्य न्यायाधिवक्ता वा निजको मातहतका सरकारी वकीलबाट प्रदेश सरकारको प्रतिनिधित्व गरिने व्यवस्था गरेको छ ।

“राजनीतिक स्थायित्वको नयाँ चरणमा देश रहेको छ । लोकतन्त्र, कानुनी राज्य, मानव अधिकार, सुशासनमा जोड दिने आफनो योजना रहेको, नयाँ परिस्थितीले सृजना गरेको यस भूमिकालाई आफनो पेशागत अनुभव, दक्षता, कौशलता र सक्रियताले प्रदेश तीनमा कार्य गर्ने” थपलियाले बताए ।

“प्रदेश ३ को मुख्य न्यायाधिवक्ता कार्यालयबाट सम्पन्न गर्नुपर्ने कामको विवरण, सङ्गठनको संरचना, कर्मचारी विवरण, वार्षिक कार्यक्रम एवम कार्य विवरण कार्यालयले सामना गर्नुपरेका समस्या के थिए र के छन् ?चुनौती के रहेको छ । यस विषयमा मुख्य न्यायाधिवक्ताको नियुक्ति पश्चातनै आफूले गहनरुपमा अध्ययन गरिरहेको” थपलियाले बताए ।

मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका विधिको शासनको परिपालन, लोकतन्त्र र सामाजिक न्यायमा केन्द्रीत हुनु पर्दछ ।