बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठ सपिङ मलबाट खसे


न्युज अफ नेपाल, काठमाडौं ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । श्रेष्ठले आइतवार दिउँसो बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठकाे शवको बुधवार पोष्टमार्टम गरिने पारिवारिक स्राेतले जनाएको छ ।
यसबारे थप विवरण आउन वाँकी छ ।