अभिनन्दनमा उपराष्ट्रपति पुनःसहभागी हुने

श्रावण २५ गते सातौं संघनायक ज्ञाणपूर्णिकको अभिनन्दन

0
Shares

काठमाडौं, (नेस) ।
नेपालका सातौ संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको यही श्रावण २५ गते शनिबार सार्वजनिक अभिनन्दन हुने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघको संयोजनमा विभिन्न बुद्ध धर्म सम्बन्धी संघसंस्थाले उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दनका लागि महासंघले तीब्र गतिमा तयारी अघि बढाएको छ ।

भिक्षु भिक्षुणी र सयौं बौद्ध संघसंस्थाको उपस्थितिमा अभिनन्दन गर्ने महासंघले जनाएको छ ।अभिनन्दन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुहुने महासंघका महासचिव भिक्षु कौण्डन्य महास्थविरले जानकारी दिनुभयो ।

छैटौं संघनायक भिक्षु अश्वघोष महास्थविरको निधनपछि गत बैशाख १ गते भिक्षुसंघको विधि अनुसार उहाँलाई संघनायकको पदवी प्रदान गरिएको हो । भिक्षु महासंघया संरक्षक समेत रहनुभएका उहाँ विशेषतः अभिधर्मको गहन ज्ञाता हुनुहुन्छ ।

उहाँले बुद्ध धर्मको क्षेत्रमा पु¥याउनुभएको योगदानलाई कदर गर्दै बर्मा (म्यानमार) सरकारले अग्गमहापण्डित सासनधज धम्माचरियको उपाधिबाट विभुषित गरेको थियो ।