खुकुरी प्रहारबाट १ गम्भीर घाइते


काठमाडौं । खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरलिे एक जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका ३ स्थित विष्णुमति पुल नजिक सोही ठाउँ बस्ने दोलखा घर भएका ४५ वर्षीय शुकमान तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शुकमानको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धन बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।