प्रधानमन्त्री अनुपस्थित भएपछि वीर अस्पतालको कार्यक्रम अन्तिममा रद्द

0
Shares

भगवती तिमलसीना, काठमाडौं ।
धानमन्त्री केपी शर्मा ओलीले देशकै सबैभन्दा ठूलो र पहिलो अस्पताल वीर अस्पतालको १३० औं वाषिर्कोत्सवमा सहभागी हुने कार्यक्रम रद्द भएको छ ।

उहाँ दाँतको समस्याले अस्वस्थ भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएको बुझिएको छ । तर वीर अस्पतालको कार्यक्रम भने अन्तिममा रद्द हुनुलाई अस्पतालको अनियमिताको उजुरीसँग जडिएको छ । अस्पतालका कर्मचारीले हालै प्रधानमन्त्री ओलीलाई भेटेर बीर अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए ।
वि.सं. १९४७ साल साउन १२ गते १५ शय्याबाट शुरु भएको वीर अस्पताल १३० वर्षसम्म आइपुग्दा पनि ३८० शय्यामा सीमित छ । ०७२ सालसम्म ४६० शय्यया रहेको यस अस्पतालको विनाशकारी महाभूकम्पपछि ३८० शय्यामा सीमित हुन पुगेको हो ।

वि.सं. १९९० सालमा नेपालकै पहिलो स्वास्थ्य शिक्षा दिने सिभिल मेडिकल स्कुलको शुरुवात पनि यही अस्पतालबाट भएको थियो । जसले ड्रेसर, कम्पाउण्डर र पछि गएर नर्सिङ शिक्षा शुरु गरेको थियो । ०४४ सालमा बेलायतको एफआरसीएस, एमआरसीपी/एमआरसीओजीको दक्षिण एसियाको केन्द्र पनि वीर अस्पताललाई नै बनाइएको थियो । २०५१ सालमा पीजीएमइसीसीमार्फत एमडी एमएसको अध्ययन पनि यही अस्पतालबाट शुरु भएको हो ।