जोखिम पूर्ण यात्रा गर्दै माथिल्लो सगरमाथा भेगका यात्रु 


लिला सुनुवार, ओखल्ढुङ्गा । अविरल वर्षापछि अबरुद्ध भएर आंशिक सुचारु गराइएको मद्यपहाडी लोकमार्ग पूर्णरुपमा नखुल्दा समस्या भएको छ । लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्डका दर्जनौं ठाउँमा झरेको पहिरो र सडक भास्सियको कारण काठमण्डौ बाटा ओखल्ढुङ्गा,सोलु र खोटाङ्ग आवत जावत गर्ने यात्रुहरु जोखिम पुर्ण यात्रा गर्न बाध्य छन ।

अविरल वर्षाका कारण गएको असार २७ गतेबाट मद्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड पूर्णरुपमा अबरुद्ध भएको थियो । अबरुद्ध भएको एक सातापछि यो खण्डका दर्जनौं ठाउँमा झरेको पहिरो आंशिक रुपमा हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । केही दिन अघिबाट यातायात सञ्चालनमा आएपनि लोकमार्गमा रहेको पहिरो पूर्णरुपमा नहटाइँदा समस्या भइरहेको छ ।

लोकमार्गको यो खण्डमा यात्रा गर्दा यात्रुलाई कष्ट त छँदैछ, पहिरोको जोखिम पनि उत्तिकै छ । सडकमाथिबाट झरेको पहिरो रोकिने र झर्ने टुंगो हुँदैन । जताततै माटो र ढुङ्गाको थुप्रोले सडक अबरुद्ध हुनुका साथै जमिनमा धजा फाटिएर सडक पुर्ण रुपमा जोखिम अबस्थामा रहेको छ । पानी पर्नासाथ पहिरो झर्ने जोखिममा रहेको यो सडक जबर्जस्ती सञ्चालनमा ल्याइए पनि यात्राको क्रममा अबरुद्ध हुने सम्भावना अधिक मात्रामा रहेको छ ।

मद्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको सडकमा आएर थुप्रिएको पहिरो हटाउन महिनौं लाग्ने देखिन्छ । तर पनि यो खण्डमा थुप्रिएको पहिरो हटाउने काम थालिएको छैन ।यो सडक पूर्णरुपमा सुचारु नहुँदा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर,

सिन्धुलीलगायतका दर्जनौं जिल्लाका बासिन्दाको मारमा परेका छन् ।