‘विप्लव’ समूहका राप्ती व्यूरो सदस्यद्वारा पार्टी परित्याग


दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका राप्ती ब्यूरो सदस्य तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य दिधराम सुवेदीले पार्टी परित्याग गरेका छन् । घरायसी कारण देखाउँदै सुवेदीले पार्टी छाडेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यस अघि सुवेदीे जिल्ला सेक्रेटरी र जिल्ला जनसरकार प्रमुख समेत रहेर काम गरेका थिए ।