छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ को मृत्यु


काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जुम्लाको सिला गाउँपालिका ३ कुडारी बजारस्थित सडकमा क।१ ख ७ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका सार्किवडा बस्ने ४५ वर्षीया उत्ति सार्कीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको खाजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ वेलबासस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा शनिबार बिहान उक्त महिलाको मृत्यु भए प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनभने फरार रहेकाले खाजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।