भाडाको विषयमा विवाद हुँदा खुकुरी प्रहार, २ घाइते


काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरको छ । कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका ७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।