भरुवा बन्दुकसहित २ पक्राउ


मोरङ ।  दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृति सामुदायिक वनमा शिकार खेल्न गएका दुई जनालाई बन्दुकसहित शुक्रबार साँंझ प्रहरीले पक्राउ गरेको छ । ।

गस्तीमा रहेको प्रहरी टोलीले कानेपोखरी ५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका ४ का ४४ वर्षीय शम्भु गहतराजलाई दुई थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिहरूको संयुक्त गस्तीले चेकजाँचमा परेका राई र गहतराजलाई लोड गरेर राखेको बन्दुक सहित फेला पारेको थियो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।