पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु


सिरहा । सिरहामा एक बालिकाको पानीमा डुबेर ज्यान गएको छ । सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मीचौकमा डेरागरी बस्ने श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरतीको खाल्डोमा जमेको पानीमा डुवेर शनिबार ज्यान गएको हो ।

साथीहरुसँग गोलबजार नपा ६ कै डोहडीयामा रहेको मामाघर जाने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर आरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

पोष्टमार्टमको लागि बालिकाको शव लहान पठाइएको प्रहरीले जनाएको छ ।