बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौँ ।  कोटेश्वरमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान ५:४० बजे काट्ने क्रममा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुर काठमाडौं रूटमा चल्ने बा ४ ख ३२५८ नम्बरको बसले सिन्धुली घर भएका हाल पेप्सीकोला बस्ने ४७ वर्षीय राम भुजेललाई ठक्कर दिएको प्रहरीले बताएको छ । बस र चालकलाई भने नियन्त्रणमा लिइएको जनाइएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।