कारबम विस्फोटमा ३ को मृत्यु, १२ घाइते


घाज्नी प्रान्त । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन् । प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गर्नु भएको छ ।

प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सवै जना प्रहरी नै रहेका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताउनु भएको छ ।

“आतङ्कवादीहरुको संगठनले आज बिहान कारबम आक्रमण गरेको हो, अबान्ड जिल्लामा रहेको प्रहरीको प्रवेशद्धार मै आक्रमण भए्छ,” नुरीले भन्नुभयो ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस