पहिरोले ३१ चौपायासहित २ यातायातको साधन पुरियो   


चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ सुसिङटारमा शुक्रवार राति आएको पहिरोले गोठघर सहित ३१ वटा चौपाय र दुई वटा यातायातका साधन पुरीएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोले स्थानिय राजेन्द्र थामीको गोठघर, तीन वटा गाई, २३ वटा बाख्रा, पाँच वटा कुखुरा, लु ३ त २३०४ नम्बर को ट्रयाक्टर र ५० पाथी अन्नपात पुरीएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रदीप महतले बताउनु भयो । त्यसैगरी पहिरोले ३६ रोपनि पाखाबारी र दुई वटा माछा पोखरी पुरेको प्रहरीले जनाएको छ । पहिरोकै कारण दुई वटा पक्की घर र अर्का स्थानिय हेमबहहादुर श्रेष्ठको बा १७ प ६५०२ नम्बरको मोटरसाईकल मा समेत क्षति भएको प्रहरी निरीक्षक महतले बताउनु भयो ।

पहिरोका कारण राजेन्द्र थामीको झण्डै ७० लाख र हेमबहादुर श्रेष्ठको दुई लाख क्षति भएको प्रारम्भीक अनुमान रहेको प्रहरीले जनाएको छ । पहिरो गएको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय सिंगटीबाट चार जना तथा प्रहरी चौकी गौरीशङ्करबाट चार जनाको प्रहरी टोलि पुगी उद्धार गरेको प्रहरी निरीक्षक महतले बताउनु भयो । पहिरोबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।