कुवेतविरुद्ध नेपालको शानदार जीत, ग्लोबल छनोटबाट एक जित टाढा

0
Shares

काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ ।

कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेले । उनले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे ।

बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए ।
अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित जित्नैपर्ने हुन्छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।

नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रहृयो ।