बाढीले बगाएर वेपत्ता हुमराजको शव ४ दिनपछि फेला, ३ जना अझै बेपत्ता

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
बाढीले बगाएर वेपत्ता भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ का १७ बर्षका हुँमराज बजगाईको शव शुक्रवार फेला परेको छ ।

स्थानिय रानीखोलाको बाढीले बगाएर ४ दिन देखि बेपत्ता भएका बजगाईको शव घटना स्थलबाट करिव ६ किलोमिटर टाडा गोलन्जोर गाउँपालिका– ४ विमिरे खोलाको दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए ।

साउन ६ गते सिन्धुली सदरमुकामबाट घर फर्कने क्रममा अविरल पानी सँगै आएको बाढीले बगाएर उनी वेपत्ता भएका थिए ।

उनको शव प्रहरी, स्थानीय र आफन्तको निरन्तर खोजी कार्य गरेपछि शुक्रबार दिउसो परेको प्रहरी उपरिक्षक सिँहले बताए । बाढी पहिरोमा परी बेपत्ता सिन्धुलीका ३ जना अझै फेला परेका छैन्न ।

असार २८ गते शनिबार आएको बाढी र पहिरोका कारण दुधौली नगरपालिकामा वेपत्ता ३ जनाको शव अझै फेला पार्न नसकिएको हो।