शान्तिश्री परियारको फुलमती चनमती(भिडियो)


धनवीर दाहाल, काठमाडौँ ।
गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ ।

नेत्र अर्यालको शब्द रहेकाे गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।

शिव विकले निर्देशन गरेकाे गीतकाे भिडियाेमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । गीतकाे भिडियाे दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ ।