मोरङको जहदामा घर–घर खोला पस्यो, दुई हजार परिवार विस्थापित


सरोज यादव, विराटनगर ।
असार अन्तिम साता आएको बाढीका कारण विस्थापित भएर घरफर्केको केहि दिनमै मोरङको जहदा गाँउपालिकाको भीमपुरका स्थानीय र विराटनगर महानगरपालिकाको वडा नम्बर १२ मुसहर बस्तीका मुसहरहरु पुनः विस्थापित भएका छन् । सोमबारदेखि आएको वर्षाका कारण केसलिया खोलामा पानीको बहाब बढेर बस्तीमा पसेपछि मुसहर बस्तीका मुसहरहरु पुनः विस्तापित बनेका छन् ।

यस अघि असार २४ गतेदेखि एक सातासम्म आएको अविरल वर्षाका कारण विराटनगर १२ बखरीस्थित मुसहर बस्तीका १ सय २५ घरपरिवार विस्थापित भएका थिए । त्यसबेला एक साता सम्म उनीहरु नजिकैको बखरी प्राथमिक स्कुलमा बस्न बाध्य भएका थिए । पानी सुकेर घर फर्किएको केहि दिनै शुक्रबार पुनी केसलिया खोलाको पानी बस्तीमा पसेपछि यहाका ६० घरपरिवार विद्यालयको शरणमा पुगेका छन् । सोमबारदेखि भइरहेको वर्षाका कारण विराटनगर महानगरपालिका पश्चिमतर्फ रहेको केसलिया खोलामा पानीको बहाब बढेर १२ नम्बर वार्डको मुसहर बस्ती पुनः डुवानमा परेको छ । यस असार २४ गतेदेखि २९ गतेसम्म यो बस्तीका एक सय १५ घर परिवार विस्थापित भएका थिए । शुक्रबार आएको बाढीका कारणपनि मुसहरबस्तीका ६० घरपरिवार विस्थापित भएर बखरी स्कुल पुगेको छ ।

६ दिन विद्यालयमा बस्दा महानगरपालिकाका केहि जनप्रतिनिधिहरु र अन्य विभिन्न संघसंस्थाहरु आएर चिउरा, भुजा, चामल, दाल र केहि अन्य राहत सामग्री दिएपनि आफुहरुको समस्या ज्यू“का त्यू“ रहेको पिडित राजकुमार कामतले बताउनुभयो । सोमबारदेखि परेको पानीका कारण केसलिया खोलामा पानीको बहाब बढेर विराटनगर महानगरपालिका १२ को मुसहर बस्तीका ६० घर र वडा नम्बर ६ को ब्रम्हपुरा बस्तीका १० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै बक्राहा खोलामा आएको बाढीका कारण सुनवर्सी नगरपालिका ५मा ५५ घर डुवानमा परेको छ । लोहन्द्रा खोलामा आएको बाढीका कारण कटहरी गाउ“पालिका ४ को एक सय ५० घर र जहदा गाउ“पालिका ४ का देवानन्द साहको घर समेत लोहन्द्रा खोलाले बगाएको मोरङ प्रहरीका डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।

यस्तै लोहन्द्रा खोलाको बाढी बस्तीमा प्रवेश गरेपछि मोरङ,जहदा गांउपालिकाको भीमपुर डूबान भएको छ । सडक र घर डूबान भएका कारण कयौं परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन । लोहन्द्रा खोलाको बाढी बस्तीमा प्रवेश गरेपछि जहदा गांउपालिकाको वडानम्बर ७ भीमपुर,निमटोलाका बासिन्दाको जनजीवन कष्टकर भएको छ । उक्त बस्तीको सडक र स्थानियको आँगनबाटै खोला कुदेको छ । पश्चिम पट्टि रहेको लोहन्द्रा खोला शुक्रबार बिहान बस्ती प्रवेश गरेको थियो । यसअघि खोलाको दुवैतर्फ बांधिएको बांध बाढीले भत्काएपछि बस्तीमा खोला प्रवेश गरेको हो । खोला प्रवेश गरेपछि सो बस्तीका सबैको घरमा बाढीको पानी प्रवेश गरेको छ ।

बाढीका कारण रोपाई गर्न तयार रहेको बिउ नष्ट भएको छ भने कतिपयले घर छाडेर अन्यत्र गएको स्थानियले जानकारी दिएका छन । बाढीका कारण घरभित्र भण्डारण गरिएका खाद्यान्न र लुगाफाटा बगेर गएको स्थानियको भनाई छ । बस्तीका बासिन्दाको घरमा २ फिट देखी ४ फिटसम्म बाढीको पानी प्रवेश गरेको स्थानियले बताएका छन ।

चारैतर्फ जलाम्मे भएपछि अपाङता भएका ब्यक्ति र बालबालिकाले सबभन्दा बढी सास्ती खेप्नु परेको छ । प्रायजसो प्रत्येकबर्ष लोहन्द्राको बाढी गांउ पस्ने गरेको जहदा ७ का वडाध्यक्ष भगवानलाल बेस्राले जानकारी दिनुभयो । खोलाको ३ किलोमिटर क्षेत्रमा स्थायी तटबन्ध गरिएमात्र प्रत्येकबर्ष हुने बाढीको समस्या नियन्त्रण गर्न सकिने उहांको भनाई छ । ४० हजार बढी घरधुरी रहेको जहदा गांउपालिकाको ७ वटा वडाहरुमध्ये वडानम्बर १,२,४ र ७ का १५ सय बढी घरपरिवार बाढी बाट प्रभावित भएको गांउपालिकाले जनाएको छ ।