छोरीको दुःख आफ्नै आमासँग साटेकी छुः गायिका मञ्जु


अनिल खत्री, गुल्मी ।
संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् । संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनोरञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।

सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्नेहुँदैन् कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छ् । यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्बजनिक भएको छ । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘नाच्छु घुमेर’ बोलको गीत सार्बजनिक गरेकी हुन् । उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन् ।

गीतमा उनले आफनै आमालाई एउटा कथाको जिम्मेबारीमा राखेर छोरीले पाएको दुखःलाई समाबेश गरेकी हुन् । एउटी छोरी कुनै बाध्यता परिस्थितिमा प्रदेशिएको र तिज पर्वमा घरमा आएको कथा बस्तु गीतमा समाबेश छ । गीतको सुरुवातमै छोराीलाई कुरी रहेकी आमा र तीजको बेला छोरी आएको देख्न सकिन्छ । घरमा रहेकी आमाको मुख्य भूमिकामा उनले स्वय आफनै आमालाई र भाउजूको अनुशा पौडेललाई देख्न सकिन्छ ।

आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समाबेश अनुसार गीतमा आमालाई राखेको गायिका पौडेलले बताइन् । प्रदेशबाट फर्केकी छोरीले आदा उमेरसम्म काम भन्दै पाएको दुख सुनाउनदै नाचेको कथा बस्तु चित्रण गरिएको छ । गीत सर्बजनिक गरेको केहि दिन बित्दा उनले गीत एउटा तिजको पर्वसँगै कथा बस्तु पनि बोकेको गायिका पौडेलले बताइन् ।

छोरी दुख कष्ट सहेर सम्पन्न शाली बनेको र आफ्नी आमासँग गीतको बेला सुखःदुख साटासाट गरेको कथा बस्तु गीतमा पाउन सकिने गायिका पौडेलले बताइन् । हिन्दु महिलाहरुको महान पर्व तिज आउन महिना वढि समय बाँकी छ ।

यहिँ अबसरमा उनले सार्बजनि गरेको गीत सबत्र चर्चामा छ । तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा बस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तिज गीत गाउँउने प्रचलन पहिले देखि रहि आएको छ ।

अहिले तिज गीतमा मौलीकलतालाई ख्याल राखेर गीतमा नारिका बेदनाले समेटिएका गीतहरु पनि केहि सार्बजनिक हुने गरेका छन् । आदा उमेर काम भन्दै गएको नाच्न गाउँन रमाउन नपाएको कथा बस्तु गीतमा समाबेश गरिएको गायिका पौडेलले बताइन् ।

पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ ।
गायिका पौडेलको एकल स्वर रहेको गीतमा दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत रहेको छ । गीत बि एम एस फिल्म्सले बजारमा ल्याएको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी आमा पनि लेख्न सकिन्छ ।