टिजरमा लभ यु हमेशा


आगामी भदौ २७ गते अल नेपाल रिलीजमा आउने लभस्टोरी फिल्म लभ यु हमेशाको टिजर सार्वजनीक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा निर्माणाधिन फिल्म युवन गुरुङको प्रस्तुति र मिलन गुरुङको सह निर्माणमा बनिरहेको छ ।

फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिसिर राणा, गोपाल ढकाल ‘छन्दे’, सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मो, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी रहेको छ ।

शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ र सिलगुडीमा गरिएको हो। निर्देशक भास्करले फिल्म पूर्ण मनोरञ्जक बनेको बताए। अभिनेता यशराजले लभ यु हमेशाको स्क्रिप्ट निकै मन परेकाले मिहीनेतका साथ काम गरेको बताए। त्यसैगरी, अभिनेत्री ऋचाले पनि यो फिल्मबाट आफ्नो करिअर उचाइमा पुग्ने आशा ब्यक्त गरिन् ।