हजार जुनीसम्म आउने भए आर्यन


लामो समयदेखि पर्दामा नदेखिएका नायक आर्यन सिग्देल अब हजार जुनीसम्म नामकम फिल्ममा देखिने भएका छन्। नाई नभन्नु ल नामक लगातार ५ हिट सिरीज दिएका निर्देशक बिकासराज आचार्यको निर्देशनमा बनेको हजार जुनीसम्मको पोस्टर हालै सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरहरुमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ। पोस्टरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, सञ्चिता लुईंटेल, अनुभव रेग्मीसंगै डेब्यु हिरो अखिलेश प्रधान देखिएका छन्। पोस्टरले फिल्म प्रेम कथामा आधारित रहेको देखाएको छ। पोस्टर सार्वजनिकसँगै फिल्म साउन अन्तिममै रिलिज हुने भएको छ।

केहि समय अगाडी भाद्र ६ गतेका लागि रिलिज हुने चर्चा चलेता पनि फिल्म साउन ३० मै रिलिज हुने आचार्यले जानकारी गराए। फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका छन् भने फिल्ममा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता छन्।