एकलव्य आउँदै


दर्जनभन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरेको अनुभवका आधारमा पहिलोपटक फिल्म निर्देशन गरेका अनमोल शर्माद्वारा निर्देशित फिल्म एकलव्य आज शुक्रवारदेखि अल नेपाल रिलीज हुने भएको छ।

पारिवारिक प्रेम कथामा आधारित फिल्ममा सोनाम थापा मगर, ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतले अभिनय गरेका छन्। राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापा मगरद्वारा निर्मित फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, राजेन्द्र बजगाईंको गीत/संगीत, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, कृष्ण श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ।