अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, झडप हुँदा ८ घाइते


विजय नेपाली, पोखरा ।
पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन ।
विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुदा ८ जना घाइते भएका छन । तीन जना गम्भीर घाइते भएका छन भने अन्य पाँच जना सामान्य घाइते भएका छन ।

बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय निशा कुमारी थापाको अस्पतालमै मृत्यु भएको हो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव हुदा अस्पताललाइ खबर गर्दा समेत कुनै वास्ता नगर्दा सुत्केरीको मृत्यु भएको मृतककि दिदी सीता थापाले ९ रानामगर० बताउनुभयो । बिहिवार विहान करिव ८ बजेको समयमा व्यथाले च्यापे पक्षी अस्पताल ल्याय सामान्य अवस्थामानै बच्चा जन्माउनुभएकी निशाको अस्पतालको कर्मचारीको हेल्चक्र्याइको कारण मृत्युभएको दिदी सिताले बताउनुभयो ।

बच्चा जन्मिएको करिव चार घण्टा पछि मात्र डाक्टरले अवस्था गम्भीर भएको भन्दै शल्यक्रिया गर्नुपर्ने जानकारी दिएको सिताले बताउनुभयो । ू बच्चा जन्मिए पछि आमालाइ सफासुगर गर्‍यौ, पछि आएर वेडमा सुत्दा रगर बगेको रहेछ, रगतले पुरै भिजेको थियो, नर्सलाइ खबर गर्दा , सामान्यरुपमा बच्चा जन्माउदा रगत बग्ने भन्दै आफ्नै काममा लागेू सिताले भन्नुभयो । अस्पतालकै गल्तिको कारण बहिनिले ज्यान गुमाउन पर्‍यो उहाले भन्नुभयो ।

बोल्दा बोल्दैको दिदी गइन
विहान करिव ८ बजे व्यथाले च्यापेपछि चाउथे बाट उनलाइ पृथ्वी चोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पताल पुर्‍याइयो तीन दिदी बहिनी मिलेर अस्पताल पुगेका थिए । सङ्गै गएको दिदिलाइ अस्पतालमा भर्ना गर्न पर्ने बताए पछि भर्ना गरेर राखियो । अस्पताल लगेको गरिव १२ घण्टा पछि अन्नपूर्ण गाउँपालिका घर भइ हाल पोखरा चाउथे बस्दै आउनुभएको ३३ वर्षीय निशाकुमारी थापाले दोस्रो सन्तानको रुपमा छोरा जन्माउनुभयो । तर छोरा जन्मिएको करिव चार घण्टामा निशाकुमारीको मृत्यु भयो ।

विहान सङ्गै गएको दिदिले मेरै काखमा सास छोड्नुभयो,राम्रै बोलेको दिदी सदाको लागि जानुभयोू । मृतक निशाकी बहिनि तारा थापाले भन्नुभयो । दिदिको कुरुवा बस्नुभएको ताराले अस्पतालको कर्मचारीको गल्तीको कारणले नै दिदिको मृत्यु भएको बताउनुभयो । दिदिले सामान्य रुपमा नै बच्चा जन्माउनुभयो, उहाँले ब्लिडिङ गर्न थाल्नुभयो नर्सलाइ खबर गर्दा सामान्य भन्दै कुरा टारेू उहाँले भन्नुभयो । बच्चा सामान्य रुपमा जन्मिएपछी डाक्टरले समेत विरामीको अवस्था नहेरी गएको उहाले बताउनुभयो । मृतक निशाले बच्चा जन्माएको केही समय पछि नै चक्कर लागेको बताएको ताराले बताउनुभयो ।

ू दिदिको दुखाइ निकै बढेपछी बेलुका दुखाइ कम गर्न ब्रुफिन दिएका थिए , तर पनि पेटको दुखाइ घटेन , दिदी मेरै काखमा बेहोस हुनुभयोू ताराले भन्नुभयो । त्यसलगत्तै डाक्टरलाइ खबर गर्दा शल्यक्रिया गर्न पर्ने बताए पछि आफुहरुले शल्यक्रिया गर्न मानेको उहाँले बताउनुभयो । डाक्टरले रगत धेरै बगेको छ भनी पाठेघर फाल्न पर्छ भन्यो, करिव तीन घण्टा पछि हामिलाइ हेर्न दिइयो तर दिदिको मृत्यु भइसकेको रहेछ उहाले भन्नुभयो ।

यस्तै आक्रोशित स्थानियले उपचारमा हेल्च्क्र्याइ गर्ने डाक्टर र कर्मचारीलाई कार्वाही गर्नुपर्ने भन्दै नारावाजी गर्ने क्रममा झडप हुदा चार स्थानीय र चार प्रहरी घाइते भएका छन । प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिने क्रममा प्रहार गरेको लाठी बाट स्थानीय नरबहादुर थापा , युवती विष्णु गुरुङ र प्रहरी हवल्दार मिनबहादुर तामाङ गम्भीर घाइते भएका छन भने अन्य तीन प्रहरी जवान गणेशबहादुर विष्ट, डोलराज नेपाली र रुपा परियार र स्थानीय २ जना शोभाकर पौडेल र रमेश थापा समान्य घाइते भएका छन ।

उक्त झडपमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाइ नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्नेमा अनिल थापा , राजु थाप र राम गुरुङ रहेका छन । पिडित पक्ष र अस्पताल प्रशासन पक्ष विच वार्ता हुने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ ।